आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

आज देशमा बिभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ७, सोमबार मा प्रकाशित २ साल अघि
  • ३५२ पाठक संख्या
  • जेठ ७ काठमाण्डौ, – आज कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाकाअनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुका साथै लुम्बिनी प्रदेश लगायत अरु पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा बिहानैदेखि हल्का पानी परिरहेको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट