आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

ब्ल्याकमेल गर्ने युवक पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५०१ पाठक संख्या
  • काठमाडौं १७ जेठ-,

    आपराधिक लाभ लिन संलग्न रहेको अभियोगमा म्याग्दी, म्याग्दी नगरपालिका(५ घर भई काठमाडौं महानगरपालिका(३६ नयाँ बसपार्क बस्ने ३० वर्षीय सन्तोष किसानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्‍वरबाट पक्राउ गरेको हो । सन्तोषले सामाजिक संजाल मार्फत चिनजान भएका महिलाहरूलाई प्रलोभन पारेर शारीरिक सम्बन्ध राख्ने, गोप्यरूपमा फोटो तथा भिडियो खिचेर आफन्तहरूलाई पठाईदिन्छु भन्दै रकम माग गर्ने तथा पुनःशारीरिक सम्बन्ध स्थापित गर्नको लागि वाध्य पारी आपराधिक लाभ लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑