आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

मृत्यु प्रकरणमा शंकास्पद ३ जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४०३ पाठक संख्या
  • १७ जेठ बाँके- बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ५५ को प्रेमलाल कुर्मीको मृत्यु प्रकरणमा शंकास्पद ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा, बाँके जानकी गा।पा। २ फुलपुरवा बस्ने बर्ष ४० की महिलका तेली, सोही ठाउँ बस्ने बस्ने बर्ष ५० को नन्कु लोनिया र बर्ष ५० को रतिराम कोरी रहेका छन् ।

    मृतकको छोरा रामकुमार बर्माले तिनै जना विरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दरखास्त दिएको आधारमा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

    पक्राउ गरी कर्तब्य ज्यान कसूरमा दिन ७ म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    गत वैशाख १७ गते घाँटिमा सर्टले बेरिएको अवस्थामा कुर्मी मृत अवस्थामा फेला परेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट