Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

बर्दियामा भन्सार छलीको सामान र काठसहित २ जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३१९ पाठक संख्या
  •  

    १८ जेठ बर्दिया-  , बर्दियाको छुट्टछुट्टै स्थानबाट भन्सार छलीको सामान र काठसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिया गुलरीया नगरपालिका थपुवा स्थित भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल तर्फ ल्याई वेवारिसे अवस्थामा रहेको किराना सामान मुल्य रु९५६०। ( ९नौ हजार पाँच सय साठी बराबरको सामान प्रहरी चौकी सुरजपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ।

    यस्तै बर्दिया गुलरिया नगरपालिका ७ कृष्णसार रिसोर्ट नजिकैबाट सोही ठाउँ बस्ने बर्ष ३२ को प्रकाश निषाद र वर्ष ३२ को तिलकराम गोडियाले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ३ ईन्च मोटाई ४ ईन्च चौडाई ६ फुट लम्बाई भएको ८ वटा साल जातको काठ प्रहरीले नियन्त्रणमा लिएको हो।

    बरामदका सामान राजापुर भन्सार कार्यालय बर्दियामा र बरामदका काठ डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑