आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा ठगी आरोपमा पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६८० पाठक संख्या
  • जेठ १८ काठमाण्डौ , – प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) लाई पक्राउ गरेको छ ।

    सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई चितवनबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीं) सानुराम भट्टराईले जानकारी दिनुभयो ।

    कान्तिपुर सहकारीमा अध्यक्ष छँदा बचत अपचलन गरेको आरोप लागेपछि लामा फरार थिए । उनले दुई करोड रुपैयाँ ठगी गरेको भनी उजुरी परेको प्रहरीले जनाएको छ ।

    काभ्रेका लामाले काठमाण्डौमा कान्तिपुर सहकारी स्थापना गरेका थिए । सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन भएको आरोप छ । कान्तिपुर सहकारीमा आठ सय ५२ जना बचतकर्ताको रकम डुबेको छ ।

    लामाले अहिले आफू अध्यक्ष रहेको पशुपति सहकारीको पनि बचत रकम अपचलन गरेको आरोप लागेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट