आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

बाँकेमा स्कुटर चोरीमा संलग्न २ जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६२४ पाठक संख्या
  • जेठ २९ बाँके  ,

    स्कुटर चोरीमा संलग्न २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा, बाँके जानकी गा।पा। ३ बस्ने रम्जान यादव र नेपालगंज उप(महानगरपालिका ३ बस्ने मोहम्द जिसान्त सिद्दिकि रहेका छ्न ।

    बाँके नेपालगंज उप(महानगरपालिका १८ सोल्टि होटल नजिकबाट भे १३ प १६३४ नम्बरको स्कुटर वैशाख २२ गते राति हराएको भनि सूचना प्राप्त भए पश्चात खोजतलास गर्ने क्रममा जानकी गा।पा। ३ ईन्द्रपुर स्थित उक्त स्कुटरको नम्बर परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

    उनीहरूमाथि चोरी कसूरमा सम्मानित बाँके जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑