आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना ९४ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ


  • आक्रमण न्युज
  • २०८१ अषाढ २, आईतबार मा प्रकाशित २ साल अघि
  • ४८९ पाठक संख्या
  • काठमाण्डौ असार २ – सर्वसाधारणको ९४ करोड २३ लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

    सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई बचतकर्ताहरूको रकम अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा तेजविक्रम थापा, सजना राजकर्णिकार,सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका बताउनुभयो । तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाण्डौको गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाण्डौको कीर्तिपुरका महर्जन र काठमाण्डौको चाबहिलका सापकोटा संस्थाका सदस्य रहेका एसएसपी भट्टराईले बताउनुभयो ।

    तेजविक्रम थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डौमा पाँच सय ६६ जनाले जाहेरी दर्ता गरेका छन् । पक्राउ परेकाहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेका प्रहरीले बताएको छ । कृषि विकास सहकारीमा दुई हजार पाँच सय ३१ जनाको दुई अर्ब ८० करोड रुपैयाँ बचत रहेको प्रहरीले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट