आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नदीहरुमा पानीको सतह बढ्दै, आउँदो तीन दिनसम्म बाढीको सम्भावना, सतर्क रहन आग्रह


  • आक्रमण न्युज
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ५८६ पाठक संख्या
  • काठमाण्डौ असार १६, – आउँदो तीन दिन नदीहरुमा पानीको सतह बढेर बाढीको जोखिम हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आज बिहान सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा तथा बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य रूपमा बढ्ने भन्दै नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।

    आज ताप्लेजुङ, सङ्खुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दाङ, बाँके र बर्दियालगायत आसपासका जिल्लाका सबैजसो सानाठूला नदीमा पानीको सतह बढ्ने महाशाखाको सूचनामा उल्लेख छ । यी जिल्लामा आज मध्ययम खालको जोखिम रहे पनि कतिपय नदीमा आकस्मिक रूपमा ठूलो बाढी आउ सक्ने भन्दै महाशाखाले उच्च सतर्कता आवश्यक रहेको बताएको छ ।

    महाशाखाले आज इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीमा पनि आकस्मिक बाढीको सम्भावना रहेकोले सावधानी अपनाउन भनेको छ ।

    केही दिनदेखि पानी निरन्तर परिरहेको र नदीमा पानीको सतह बढिरहेकोले यस बेला सामान्य पानी पर्दा पनि बाढीको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट