आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

काठमाण्डौ महानगरका सामुदायिक विद्यालयको एसईई नतिजामा सुधार, ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण


  • आक्रमण न्युज
  • २०८१ अषाढ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४७४ पाठक संख्या
  • काठमाण्डौ असार १८, – काठमाण्डौ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सहभागी भएका विद्यार्थीहरूमध्ये ५ सय ४५ जना अर्थात् १३ दशमलव ७७ प्रतिशतले ४ जीपीए प्राप्त गरेका छन् ।

    गएको वर्ष ३ दशमलव ८३ प्रतिशत अर्थात् १ सय छण् जनाले ४ जीपीए ल्याएकामा यो वर्ष २ सय ५९ प्रतिशतले सुधार आएको महानगरको शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

    ५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९ सय ५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना अर्थात् ७८ प्रतिशत उत्तीर्ण भएका छन् भने २२ प्रतिशत अर्थात् ८ सय ७३ जनाले फेरि परीक्षा दिनुपर्ने भएको छ ।

    काठमाण्डौको विश्व निकेतन माध्यमिक विद्यालयका ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका र यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट सङ्ख्या रहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

    यस्तै बाफलको ज्ञानोदय माध्यमिक विद्यालयबाट ३ जना, मध्य बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयबाट २ जना र बालाजुका तरुण माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यसरी महानगरभित्रका ५८ विद्यालयमध्ये ४ वटा विद्यालयका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको हुन् ।

    यो नतिजा आफूहरूले सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको उपलब्धि भएको महानगरले दाबी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट