आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह


  • आक्रमण न्युज
  • २०८१ अषाढ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६१५ पाठक संख्या
  • काठमाण्डौ असार २०, –

    नेकपा एमालेले अल्पमतमा परेकाले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्व राख्ने कुनै पनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ ।

    महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति निकालेर एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्वका निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट