आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा खटिएका सुरक्षा प्रमुखको ज्यान गयो


  • आक्रमण न्युज
  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ५६२ पाठक संख्या
  • काठमाण्डौ असार २२, – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो ।

    सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएको हो ।

    घटनाको थप अनुसन्धान भइरहेको र शव पोस्टमाटर्मका लागि टिचिङ अस्पताल महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट