आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

एकीकृत समाजवादीमा बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मा नयाँ कमिटीलाई


  • आक्रमण न्युज
  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ४९० पाठक संख्या
  • काठमाण्डौ असार २२, –

    एकीकृत समाजवादीले अपुरो कमिटी चयन गर्दै महाधिवेशन सकेको छ । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि सर्वसम्मत चयन गर्न समस्या भएको हो । पार्टी विधानअनुसार २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै सर्वसम्मत चयन भएको छ । पोलिटब्युरो सदस्य प्रेम आले भने ९३ जनाको सूचीमा पर्नुभएको छैन । महाधिवेशनले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी नवनिर्वाचित केन्द्रीय कमिटीलाई दिएको छ ।सैबीच एकीकृत समाजवादीले कांग्रेस र एमालेको नयाँ समीकरणलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ । महाधिवेशनबाट पारित प्रस्तावमा कुनै सिद्धान्तविना कांग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भनिएको छ । महाधिवेशनले भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्न पार्टीपंक्तिलाई आह्वान गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑