आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

अख्तियारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस


  • आक्रमण न्युज
  • २०८१ अषाढ २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ५३३ पाठक संख्या
  • काठमाडौं असार २३ – प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन ९आव २०७९र८०० पेस भएको छ ।

    सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गरे ।

    प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराए ।

    बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको बेहोराबारे जानकारी दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट