आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

वर्षाको सायमा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको आग्रह


  • आक्रमण न्युज
  • २०८१ अषाढ २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४७५ पाठक संख्या
  • काठमाण्डौ असार २७, –

    मनसुनी वर्षा भइरहेको र देशका विभिन्न क्षेत्रका राजमार्गमा अवरोध भइरहेकोले सडकको अवस्था बुझेरमात्रै लामो यात्रामा निस्किन नेपाल प्रहरीले अनुरोध गरेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सडक बिग्रेका कारण यात्रु बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकोले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताउनुभयो ।

    प्रहरीकाअनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको, ठाउँरठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकोले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकसँग आग्रह गरेको छ ।

    अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन आग्रह गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँले सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न सकिने बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट