आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

एकीकृत समाजवादीले पदाधिकारी चयन निर्वाचनबाट गर्ने


  • आक्रमण न्युज
  • २०८१ भाद्र १०, सोमबार मा प्रकाशित १ महिना अघि
  • २६ पाठक संख्या
  • भाद्र १०, २०८१
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । पदाधिकारी चयनका लागि आइतबारदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।
    गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।
    पदाधिकारी टुङ्ग्याउने विषयमा सहमति जुट्न नसकेसँग निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए । खतिवडाले आफूले उपाध्यक्षमा उम्मेदवारी दिने पनि बताए ।
    खतिवडाका अनुसार भोलि विहान ७ बजे मनोनयनपत्र वितरण गरिनेछ । बिहान ७:३० देखि ८:३० सम्म मनोनयन दर्तासँगै अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । भोलि बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट