
होमनाथ न्यौपाने



२३, आश्विन २०८१,
भरतपुर । चाडपर्व नजिकिँदै गर्दा शहर सुनसान हुन थालेको छ। मानिसहरू कर्म थलोबाट जन्म थलो फर्किन थालेसँगै शहर बजार रित्तिन थालेको हो। व्यापार व्यवसाय गर्न ,शहर पसेका, अध्ययन अध्यापन गर्न ,कार्यालका कर्मचारी दशैं सुरु भए लगत्तै क्रमिक रुपले जन्म थलो फर्किन थालेका हुन्। चितवन जिल्ला ७८ औ जिल्लाको रुपमा परिचित छ। देशको केन्द्रमा अवस्थित भएको कारण पनि चितवनमा जनसंख्या चाप छ तर जनसंख्या चाप चाडपर्वसगै वाहिरिनेको चाप उहि दरमा हुन्छ। दशैं मनाउन लमजुङ जान लाग्नुभएका रोशन खड्का भन्नुहुन्छ चाडपर्वमा गाउँ घर जान पर्यो नि । जन्म भुमिमा रमाइलो हुन्छ।साथि भाइ भेट हुन्छ। नारायणगढको पोखरा बसपार्कमा भेटिनुभएका खड्का चाडपर्वका वेला गाउका लिड्गे पिङ , रोटेपिङ र बालसखा साथिको यादले सताउने बताउनुहुन्छ।
चितवन जिल्ला हुदै दैनिक प्रमुख ४ नाकाबाट औसतमा सानाठूला गरि दशहजार हाराहारीमा सवारी साधन आवत जावत गर्ने यातायात व्यवसायी बताउँछन्। नारायणगढवाट पुर्व जाने सवारी साधन टिकौलि हुदै पास हुन्छन्। पश्चिम जाने सवारीसाधन गैँडाकोट हुदै, पोखरा काठमाडौ जाने आपटारी र माडि ठोरी जाने चौविस कोठि हुदै आवतजावत गर्दछन्। भित्रने सवारी साधन पनि उहि नाका हुदै भित्रने गर्दछन।

प्रतिक्रिया दिनुहोस