
होमनाथ न्यौपाने


,
२७ आश्विन २०८१
भरतपुर। अगौटे धान काट्न किसान खेतमा व्यस्त छन्। चितवन जिल्लाका विभिन्न स्थानहरूमा लगाइएको धानबाली पाक्न थालेपछि किसानहरू धान वालि थन्क्याउन चाडपर्व नभनि चटारोमा देखिन्छन्। वर्षालाइ छल्न पर्ने भएकोले पनि मौषम अनुकूल धान काट्न पर्ने किसानलाई वाध्यता छ। पानि पर्यो भने धान बिगार्छ। चाडपर्व नभनि धान काट्न आत्तुरि गर्नु परेको जगतपुरका किसान राधिका तामाङ वताउनु हुन्छ। उहाँको थप भनाइ थियो ” अगौटे धान पाक्यो , समयमा काटेन भने खेतमै झर्छ , किसान भएपछि चाडपर्व पनि भन्न पाइँदैन” ।
चितवन जिल्लामा यतिबेला असारको पहिलो साता रोपिएका धान पाकेका छन्। गितानगर, जगतपुर, मंगलपुर , बिजयनगर पुर्वि चितवनको टाँडी ,खुरखुरे,भन्डारा ,माडि लगायतका क्षेत्रमा तिस प्रतिशत धान पाकेको अनुमान गरिएको छ। चितवन जिल्ला धान उत्पादनको लागि अन्नको भण्डार मानिन्छ। यस वर्ष वर्षा वढि भएकोले घोल खेतमा धान कम फलेको किसान भनाई छ।तर टाडि खेतमा भने धान फलेको किसान वताउछन्। ” मनसुन अझै नसकेकोले धान थन्क्याउन समस्या भएको गितानगरका किसान राम कार्की वताउनु हुन्छ, धान नकाटम् पाकि सक्यो काटम् आकास धमिलो छ। उहाँको गुनासो छ।”
“धान पाकेपछि लामो समयसम्म नकाट्दा धान खेतमै झर्छ, नल भाचिन्छ, हावाहुरी चल्यो भने धान ढल्छ, सुगा लाग्ने हुन्छ,बलको डाठ भाचिने हुनाले पनि लाइ मौषमसग लुकामारी गर्दै धान थन्क्याउने वाध्यतामा किसान भएको मंगलपुरका किसान प्रेम सुनार बताउनु हुन्छ “।

प्रतिक्रिया दिनुहोस