आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

ग्याँस पाइपदेखि मिनबहादुर सम्म खस्किदै ओलीको साख


  • आक्रमण न्युज
  • २०८१ कार्तिक १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४९५ पाठक संख्या
  • होमनाथ न्यौपाने

    १ कार्तिक २०८१

    भरतपुर । केपी ओली जिन्दावाद,
    केपी वा जिन्दावाद,
    आइ एम विथ केपीओली,
    कुनै समय एमालेले आयोजना गरेका कार्यक्रममा माथिका नाराहरू घन्किन्थे।तर आजकल यस्तो छैन।एमालेले आयोजना गरेका कार्यक्रममा यस्ता नाराहरू सुनिन छोडिएको छ।
    प्रधानमन्त्री केपि ओलिको साख पहिलेको जस्तो छैन।२०७२ मा नयाँ सम्बिधान जारी भएसँगै भारत सरकारद्वारा लगाइएको अघोषित नाकाबन्दीको चर्क विरोध गरेसँगै राष्ट्र वादी नेताको रुपमा एकाएक अोलिको छवि उचालियो। अोलि दोस्रो पटक प्रधान मन्त्री हुदा लिपुलेक, लिम्पियाधुरा समेटेर चुच्चे नक्सा
    जारी गर्ने कार्यले अोलीको साख अझ बढायो।
    ओली लि प्रथम पटक प्रधानमन्त्री हुँदा रेल,पानिजहाज, घरघरमा ग्यासको पाइप पुर्याउने अश्वासन दिए।जसले अलि प्रतिको के्ज एमाले पंक्तिमा मात्र नभई इतरका युवामा पनि उत्तिकै आकर्षण बढेको थियो।
    तर आज अवस्था उल्टो भएको छ। ओली प्रति आम विश्वास घट्दै गएको छ। प्रथम पटक प्रधानमन्त्री हुँदा बाडेका घरघरमा ग्यासको पाइप ,पानि जहाज, रेल मार्ग,यति ,आोमिनि,गिरिवन्धु ,सम्सद विघटन हुदै व्यापारिक व्यक्ति मिनबहादुर गुरुङले पाटि कार्यालयको लागि जग्गादान र भवन निर्माण गरिदिने कार्यको घोषणा सगै ओलीको लोकप्रियता ह्वात्तै घटेको छ।
    ओलीको लोकप्रियता घटेको पुष्टि हुने केहि तत्थ्य
    #असार ३१ गते चौथो पटक दुई तिहाईको बहुमतको सङ्ख्या सहित प्रधानमन्त्री हुँदा सम्बिधान सम्सोधन गर्ने घोषणा सहित सरकार वनेको थियो तर सम्सोधनको कुनै छेकछन्द छैन।
    #भष्टाचार न्युन भन्ने नारा ,नारामा मात्र सिमित हुनु।
    #डेढ वर्षको अन्तरालमा तिन पटक सरकार मा सामेल भएपनि सरकारवाट उपलब्धि मुलक काम गर्न नसक्नु।
    # सयक्तु राष्ट्रसंघको ७९ औ महासभामा भाग लिन अमेरिकामा पुग्दा आप्रवासी नेपालिवाटै विरोध हुनु। यधपि विरोध राजनीतिक प्रतिसोधमा रास्वपा कार्यकतावाट विरोध गरिएको आशंका गरिएको छ।
    # कोलम्बिया विश्वविद्यालयका आयोजना गरिएको कार्यक्रममा प्रश्न एकातिर उत्तर अर्को तिर दिनु।
    # भदौ १० गते गौरा पर्वमा सहभागी भई सम्बोधनको क्रममा बिरोधमा हुटिङ हुनु।
    # असोज ३ मा नेसनल डे कन्सर्ट मा केपि ओलीको विरोध हुनु।
    # काठमाडौँका मेयर वालेन शाहको विरोध र ओलीको विरोधमा अनफलो कार्यक्रम , उल्लेख्य सख्यामा फलोअर घट्नु।
    # पाटि भित्र भिम रावल लगायतका नेताको व्यवस्थापन नगर्नु र हुकुमि शैलीमा निणर्य गर्नु।
    # व्यपारिक घराना मिनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गाको विषयमा विन्दा पान्डे,विध्या भट्टराई लगायतकै नेताको विरोध।
    जुनसुकै दलका नेताहरु भएपनि नेताहरुको साख घट्नु हुदैन। बहुदलीय व्यवस्थामा दलको विकल्प छैन।देशको भविष्य नेताहरुको नेतृत्वमा निर्भर हुन्छ। सवै दलका नेताहरू आलोचना रहित हुनुपर्छ। नेताहरुले मनोभावना बुझेर अगाडी बढ्दा देश र जनताकाे भविष्य उज्वल हुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट