
मंसिर २६, २०८१



चितवन । नेपाल पत्रकार महासंघ चितवनको जिल्ला कार्यसमितिको मंसिर २८ गते हुने मतदानका लागि ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका संयोजक जनक अर्यालका अनुसार अध्यक्षसहित विभिन्न ११ पदमा २० जना चयन हुने गरी प्रतिस्पर्धा हुँदैछ।
दुई गठबन्धनबीच प्रतिस्पर्धा
नेपाल प्रेस युनियन चितवन र प्रेस चौतारी नेपालको संयुक्त गठबन्धन तथा प्रेस सेन्टर नेपाल र समाजवादी पत्रकार संगठनको संयुक्त गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यी दुई गठबन्धनका प्यानलले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। यसबाहेक सचिव र सहसचिव पदमा स्वतन्त्र उम्मेदवारीसमेत परेको छ। महिला सदस्यका लागि मिडिया नेपालबाट उम्मेदवारी आएको छ।
पदअनुसार उम्मेदवारको संख्या
अध्यक्ष: २
खुला उपाध्यक्ष: २
समावेशी उपाध्यक्ष: २
सचिव: ४
खुला सहसचिव: ३
समावेशी सहसचिव: २
कोषाध्यक्ष: २
महिला सदस्य: ३
खुला सदस्य: १५
दलित सदस्यमा सरोज उपरकोटी र आदिवासी जनजाति सदस्यमा सुनीलकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
मुख्य उम्मेदवारहरू
अध्यक्ष: वसन्त पराजुली (चौतारी–युनियन गठबन्धन) र प्रकाशमणि ज्ञवाली (सेन्टर–समाजवादी गठबन्धन)
खुला उपाध्यक्ष: दीपेन्द्र अधिकारी र सूर्यप्रसाद पाठक
समावेशी उपाध्यक्ष: शान्ता अधिकारी र अजिता अधिकारी
सचिव: रामकान्त पौडेल, अनिल भट्टराई, आनन्द पोखरेल (स्वतन्त्र), राजेश घिमिरे (स्वतन्त्र)
खुला सहसचिव: रवीना पौडेल, सुरेन कुँवर, बसन्त शर्मा ढुंगाना
समावेशी सहसचिव: राजु चौधरी र बबिलाल तामाङ
कोषाध्यक्ष: कृष्ण आचार्य र टिकादत्त तिमिल्सिनाको उम्मेदवारी मनोनयन भएको छ ।
निर्वाचन तालिका
निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार:
उम्मेदवार उपर दाबी–विरोध: बिहीबार बिहान १० बजेसम्म
उम्मेदवारी फिर्ता: बिहीबार ११:३० सम्म हुनेछ भने
उम्मेदवारको अन्तिम नामावली प्रकाशन: बिहीबार १२ बजे सम्म चल्ने जानकारी प्राप्त भएको छ ।
मतदान: मंसिर २८ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म हुने जनाइएको छ । साथै मत गणना भने मतदान सकिए पछि निर्णय हुने सूचना प्राप्त भएको छ ।
साथै चितवन पत्रकार महासंघको यस निर्वाचनले स्थानीय पत्रकारिताको नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस