आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

चितवन रामपुरमा कृर्षी मेलाको तयारी पूरा


  • आक्रमण न्युज
  • २०८१ मंसिर २६, बुधबार मा प्रकाशित १ साल अघि
  • २७१ पाठक संख्या
  • मंसिर २६, २०८१
    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा आगामी मंसिर २९ देखि पुस ३ गतेसम्म आयोजना हुने कृषि प्रदर्शनी तथा कृषक मेला–२०८१ को तयारी पूरा भएको छ। विश्वविद्यालयद्वारा आयोजित उक्त मेलाको तयारीबारे मुल आयोजक समिति सचिवालयका सदस्य उप–प्राध्यापक सरोज सापकोटाले जानकारी दिनुभएको हो।

    मेलामा ८० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा कृषि औजार, नर्सरी, माटो परीक्षण, बीउ–बिजन, रैथाने बाली आदिका सामग्री समावेश हुनेछन्। साथै, विश्वविद्यालयका विद्यार्थीहरूले प्रस्तुत गर्ने नवप्रवर्तनसम्बन्धी विशेष स्टलहरू पनि मुख्य आकर्षणमा रहनेछन्।

    स्टल सुरक्षाका लागि बीमा व्यवस्था
    सचिवालयले मेलामा राखिने स्टलहरूको सुरक्षाका लागि बीमा गरिने जानकारी दिएको छ। स्टल बुकिङ गरिसकेका व्यवसायीहरूले मंसिर २७ गतेदेखि आफ्ना सामग्रीहरू मेलास्थलमा ल्याउन सक्नेछन्।

    मुख्य आकर्षणहरू
    मुल आयोजक समितिका सचिवालय सदस्य उप–प्राध्यापक सुमन ढकालका अनुसार मेलामा निम्न सेवाहरू र गतिविधिहरू मुख्य आकर्षण रहनेछन्:

    १. निःशुल्क बाली तथा पशु उपचार शिविर

    २. बीउ–बिजन परीक्षण सुविधा

    ३. निःशुल्क खोप तथा माटो परीक्षण शिविर

    ४. बाली बीमा र कृषि कर्जासम्बन्धी परामर्श

    ५. कृषक तालिम र सरोकारवालाबीच अन्तरक्रिया

    ६. कृषि उपकरण र रैथाने बालीहरूको बृहत प्रदर्शनी

    ७. एकल तथा सामूहिक नृत्य प्रतियोगिता

    ८. प्रदर्शक र विद्यार्थी सम्मान कार्यक्रम

    यस मेलाले कृषक, व्यवसायी, विद्यार्थी, र सरोकारवालाबीच कृषि क्षेत्रमा नवीनतम प्रविधि र जानकारी आदान–प्रदान गर्ने सन्दर्भमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट