आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

चितवनमा एकीकृत समाजवादीका नेता सुजन तामाङमाथि सांघातिक आक्रमण


  • आक्रमण न्युज
  • २०८१ पौष ३, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ५१४ पाठक संख्या
  • पौष ३, २०८१

    चितवन: एकीकृत समाजवादी पार्टीका चितवन जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपाल चितवनका अध्यक्ष हर्क बहादुर तामाङ (सुजन)माथि नियोजित ढंगबाट सांघातिक आक्रमण भएको छ। पार्टीको कामका सिलसिलामा लोथर क्षेत्रबाट फर्कने क्रममा मंगलबार राति करिब ८:३० बजे राप्ती नगरपालिका वडा नं. ७, विरेन्द्रनगर चोरमा पार्किङमा रहेको गाडीभित्र बसिरहेका तामाङलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो।

    हमलामा तामाङ सवार गाडीमा समेत ठूलो क्षति पुगेको छ। घटनापछि उनलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।

    एकीकृत समाजवादी चितवन जिल्ला कमिटीले यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनालाई नियोजित षड्यन्त्रका रूपमा लिएको र दोषीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याउन माग गरेको छ।

    पार्टीका जिल्ला नेताहरूले यो आक्रमणलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको हुनसक्ने आशंका गरेका छन्। घटनाको छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न प्रशासनसमक्ष दबाब दिइएको छ।

    सुरक्षाकर्मीहरूले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएका छन्। तर, आक्रमणकारी समूहबारे अहिलेसम्म कुनै पनि जानकारी खुल्न सकेको छैन।

    घटनाले चितवनको राजनीतिक माहोल तातेको छ। स्थानीय तहदेखि केन्द्रसम्म घटनाको निन्दा गर्दै दोषीलाई शीघ्र पक्रेर न्याय दिलाउन माग भइरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट