आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भरतपुर अस्पतालका डा. सुशील थापालाई ‘वेस्ट डाक्टर’ प्रमाणपत्रद्वारा सम्मान


  • आक्रमण न्युज
  • २०८१ पौष २२, सोमबार मा प्रकाशित १ साल अघि
  • ८८१ पाठक संख्या
  • पौष २२, २०८१

    चितवन । भरतपुर अस्पतालको अर्थोपेडिक्स (अर्थो) विभागका प्रमुख डा. सुशिल थापाले सरकारी अस्पतालमा आफ्नो उत्कृष्ट कार्य प्रदर्शनको आधारमा ‘वेस्ट डाक्टर’ को प्रमाणपत्र प्राप्त गर्नुभएको छ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रा. डा. कृष्ण प्रसाद पौडेलको हस्ताक्षर सहित यो सम्मान प्रदान गरिएको हो। डा. थापाको व्यावसायिक दक्षता, समर्पण, र बिरामीप्रतिको उत्कृष्ट सेवाका लागि यो प्रमाणपत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ।

    सम्मान कार्यक्रममा डा. पौडेलले डा. थापाको कार्यलाई प्रेरणादायी र उदाहरणीय भएको बताउँदै, सरकारी अस्पतालहरूमा उपचारको गुणस्तर सुधार्न उहाँले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

    डा. थापाले यो सम्मानलाई आफ्नो दायित्वप्रतिको थप जिम्मेवारीको रूपमा लिँदै आगामी दिनहरूमा पनि बिरामीहरूको सेवामा समर्पित रहने प्रतिबद्धता जनाउनुभएको छ।

    भरतपुर अस्पतालले डा. थापाजस्ता समर्पित चिकित्सकहरूको योगदानले स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउन मद्दत पुर्‍याइरहेको विश्वास व्यक्त गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट