आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भरतपुर अस्पताल गरिबको अस्पताल होइन !


  • आक्रमण न्युज
  • २०८१ पौष २६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६४७ पाठक संख्या
  • पौष २६, २०८१

    चितवन । भरतपुर अस्पतालले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै आफ्ना सेवाहरू, प्रगति, र चुनौतीका विषयमा जानकारी गराइएको छ।

    अस्पतालका सुपरिन्टेन्डेन्ट प्राध्यापक डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताललाई गरिव अस्पताल भन्ने सुन्नमा आएकोले भरतपुर अस्पताल गरिब नरहेको प्रष्ट्याउनु भएको थियो साथै अस्पतालको हालसम्मको प्रगति र आगामी योजनाहरूबारे जानकारी समेत  दिनु भएको थियो ।

    कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशी, प्रदेश सांसद विजय सुवेदी, डा. भोजराज अधिकारीलगायत वक्ताहरूले आफ्नो धारणा राख्नु भएको थियो ।

    उक्त कार्यक्रम को अध्यक्षता अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गर्नुभएको थियो ।

    कार्यक्रममा अस्पतालका नर्सिङ इन्चार्ज शान्ता भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम को बारेमा अस्पतालका सुपरीटेण्डेन प्रा.डा. कृष्णप्रसाद पौडेलले समस्या साथै प्रगतीको बुँदागत जानकारी गराउनु भएको थियो जसमध्ये केहि उल्लेखत बुदाँहरु समावेस गरिएको छ ।

    १. आउँदो श्रावण १ गतेबाट ट्रमा सेन्टर सञ्चालनमा आउने जानकारी दिइएको थियो ।

    २. अस्पतालमा बेवारिसे बिरामी र डायलिसिस सेवाका बिरामीहरूको अत्यधिक चाप रहेको गुनासो उठाइएको थियो।३. अस्पतालमा ४८५ जना नर्स र २४६ जना डाक्टर कार्यरत रहेकाले विरामीलाई धेरै समय दिन नसकिएको जानकारी गराइएको छ।

    ४. क्याथल्याव सेवा असार मसान्तभित्र सुचारु गर्ने योजना रहेको  बताइएको छ ।

    ५. आमा घर निर्माण, खानेपानीको ट्याङ्की निर्माण, कुरुवा घर बनाउने तथा मेडिकल कलेज स्थापनाका साथै १,००० बेड क्षमताको अस्पताल बनाउने योजना भएको र केहि काम छिट्टै हुने र केहिमा राजनितिक दवाव नपुग भएको र नेताहरुले होस्टेमा हैसे गरेमा छिट्टै मेडिकल कलेज खोली एक हजार वेड संचालन गर्न सकिने जानकारी गराइएको थियो ।

    कार्यक्रमका क्रममा उठेका प्रश्नहरूको उत्तर प्रा डा. कृष्णप्रसाद पौडेलले दिनु भई सहजीकरण गर्नुभएको थियो । साथै अस्पतालका सेवा अझ सहज र गुणस्तरीय बनाउन विशेष ध्यान दिनुपर्नेमा धेरैको चासोको विषय बनेको थियो ।

    आशा छ अस्पतालले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्नेछ । कार्यक्रम अस्पताल कम्पाउण्ड भित्र नै संचालन गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट