आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

बैतडीमा जिप दुर्घटनाः दुईको मृत्युु चार घाइते


  • आक्रमण न्युज
  • २०८१ माघ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • २१४ पाठक संख्या
  • माघ १२, २०८१
    बैतडी । जिल्लाको सिगास गाउँपालिका–१ माडाँमा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
    प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑