आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

‘नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ


  • आक्रमण न्युज
  • २०८१ माघ १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • २१० पाठक संख्या
  • माघ १५, २०८१
    धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताउनुभएको छ ।
    भारतको ७६ औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले भारतको शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त गर्नुभयो ।
    मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको महत्वपूर्ण योगदान रहेको भन्दै नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
    भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीनाले नेपालमा पूर्वाधार विकास निर्माण, व्यापारलगायत विभिन्न क्षेत्रमा भारतीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, ऊर्जा तथा खानेपानीमन्त्री शेषनारायण यादव, पूर्वप्रदेश प्रमुख हरिशङ्कर मिश्र, पूर्वमुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्यहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साहलगायतको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट