
माघ १५, २०८१



चितवन । कालिका नगरपालिका-७ मा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव माघ १६, १७ र १८ गते भव्य रूपमा मनाइँदैछ। तीनदिने कार्यक्रमअन्तर्गत पहिलो दिन बत्ती बाल्ने र जाग्राम बस्ने, दोस्रो दिन विशेष पूजा गर्दै नवनिर्मित मन्दिरमा देवीको प्रतिमा स्थापना र उद्घाटन गरिनेछ।
करिब १ करोड रुपैयाँको लागतमा निर्माण भएको मन्दिरको उद्घाटन मेयर विनोद रेग्मीले गर्नेछन्। कार्यक्रममा चर्चित कलाकारहरू, ईन्द्रेणी टिम र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
वार्षिकोत्सवलाई लक्षित गरी मन्दिर परिसरलाई विशेषरूपमा सिंगारिएको छ। कर्णनदीमा स्नानका लागि सिंडी निर्माण र कोशेलीघर निर्माणजस्ता कार्य पनि सम्पन्न भएको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस