आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

समाजवादी मोर्चाले काठमाडौँ र मधेसमा खबरदारीसभा गर्ने


  • आक्रमण न्युज
  • २०८१ माघ १६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४२७ पाठक संख्या
  • माघ १६, २०८१
    काठमाडौँ । समाजवादी मोर्चाले भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा आगामी चैत २४ गते राजधानीमा खबरदारीसभा गर्ने निर्णय गरेको छ ।
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले आगामी चैतको पहिलो साता तराई÷मधेसमा जनसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
    बैठकले मोर्चाको विचार, नीति र उद्देश्यलाई आमनागरिक र राजनीतिक वृत्तमा पुर्‍याउनका लागि ‘समाजवादी मोर्चा’ प्रकाशन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । मोर्चाले आगामी फागुनको अन्तिम सातासम्म उक्त प्रकाशन गरिसक्ने निर्णय गरेको छ ।
    सातवटै प्रदेशमा समाजवादी आन्दोलनको आवश्यकता सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने निर्णय भएको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।
    बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत सहभागी हुनुहुन्थ्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट