आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

‘सहिदले देखाएको बाटोमा अघि बढ्नुपर्छ’


  • आक्रमण न्युज
  • २०८१ माघ १६, बुधबार मा प्रकाशित १ साल अघि
  • २०५ पाठक संख्या
  • माघ १६, २०८१
    धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुलुकमा पटकपटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सहिदले देखाएका बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
    प्रदेश प्रमुख भण्डारीले जारी गर्नुभएको सन्देशमा सहिद दिवस २०८१ का अवसरमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले प्राप्त लोकतन्त्रको जगमा उभिएर मुलुकमा स्थायी शान्ति कायम गरी समृद्धि र विकासको बाटोमा लाग्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तनका लागि ठूला आन्दोलन भई प्रजातन्त्र स्थापना भएको र यस क्रममा धेरै नेपाली नागरिकले बलिदानी दिएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
    यता धनुषाको विभिन्न स्थानमा सहिद दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । यद्यपी मधेस प्रदेश सरकारले औपचारिक रूपमा कुनै कार्यक्रमको आयोजना नगरेको गृह मन्त्रालयका अधिकृत टेकविक्रम शाहले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट