आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतगणना सुरु


  • आक्रमण न्युज
  • २०८१ माघ २६, शनिबार मा प्रकाशित १ साल अघि
  • २१४ पाठक संख्या
  • माघ २६, २०८१
    काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज मतदान सकिएर मतगणना सुरु भएको छ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताको निर्वाचन मण्डलबाट एक जनाको हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि आजै मतदान भएको थियो ।
    बागमती प्रदेश निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बागमती प्रदेश पार्षद्को सर्वोच्च अदालत परिसरमा मतदान सम्पन्न भइ मतगणना सुरु भएको हो । उहाका अनुसार चारहजार एक सय ७९ मत खसेको छ । बागमती प्रदेशमा आठ हजार दुइ सय मतदाता रहेका छन् ।
    सातै प्रदेशमा एक/एक पार्षद् छान्नका लागि देशभर ११ हजार मतदाता रहेका छन् । परिषद्को बागमती प्रदेश पार्षद्का लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिनुभएको छ ।
    महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनका निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयका डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन् । यसअघि बागमती प्रदेशको पार्षद्मा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली निर्वाचित हुनुभएको थियो । परिषद्को पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट