आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

प्रेस चौतारी चितवनको अध्यक्षमा पुनः सुवास पण्डितको नेतृत्व


  • आक्रमण न्युज
  • २०८१ माघ २६, शनिबार मा प्रकाशित १ साल अघि
  • २०८ पाठक संख्या
  • माघ २६, २०८१
    चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मतबाट पण्डितको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
    कार्य समितिको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने, सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्षमा बद्री अर्याल र सह सचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चयन भएका छन् । सदस्यहरुमा सुनिल पौडेल, पुजा ढकाल, सगुन चपाई, निराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई चयन भएका छन् ।
    त्यसैगरी केन्द्रीय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा र रविना पौडेल र प्रदेश प्रतिनिधिमा कृष्ण आचार्य, रामेश्वर रिजाल, अमिर रामदाम र शान्ता अधिकारी चयन भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑