आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

बागमती प्रदेशको वन ऐन संशोधन गरिने


  • आक्रमण न्युज
  • २०८१ माघ ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ५०२ पाठक संख्या
  • माघ ३०, २०८१
    सिन्धुली । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताउनुभएको छ ।
    यहाँको रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
    प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राख्नुभयो । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उहाँको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताउनुभयो ।
    जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताउनुभएको थियो । उक्त सब डिभिजनको भवन रु एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट