Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

टाढा रहेका सन्तानलाई लक्षित गर्दै घरमै डेडबडी फ्रिजिङ्ग सेवा


  • आक्रमण न्युज
  • २०८१ फागुन ३, शनिबार मा प्रकाशित १ साल अघि
  • ४२८ पाठक संख्या
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित विरेन्द्र डिग्री क्याम्पसगेटमा मनकामना डेडबडी फ्रिजिङ्गले शव फ्रिजीङ्गको सेवा शुरु गर्न थालेको छ । घरमा मृत्यु भएका या अस्पतालमा सबै प्रक्रियापछि पठाईएको शबलाई लक्षित गर्दै यो सेवा शुरु गरिएको हो ।
    विदेशमा रहेका सन्तानहरुको पर्खाइ र शव सुरक्षणको लागि यो सेवा शुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक कृष्ण रिमालले जानकारी दिए । ‘ विदेशमा भएका मृतकका सन्तानको आवश्यकतालाई मध्यनजर गरी यो सेवा दिन थालेका हौं, यो सेवाले शब धेरैदिनसम्म पनि राख्न सकिन्छ , अर्को कुरा यो सेवाले मृतकको सम्मान पनि हुन्छ । ’ रिमालले भने । देशकै केन्द्र विन्दु भएको र यस वरपरका जिल्लाका सेवाग्रााहीलाई सेवा दिने उद्धेश्य सहित यो सेवा शुरु गरिएको उनले बताए ।
    उनका अनुसार कुनैघरमा कुनैव्यक्तिको मृत्यु भएमा र सन्तान तथा आफन्तलाई कुर्नुपर्ने भएमा यो फ्रिजर घरमै डेलीभरी गर्ने र शव सुरक्षित गरिनेछ । अत्याधुनिक र अटोमेटिक फ्रिजर भएका कारण शवलाई उचित तापक्रममा १० देखि १५ दिनसम्म राख्दा पनि कुनै समस्या नआउने उनले बताए । ‘यो फ्रिजमा शव राख्दा १५ दिनसम्म सड्ने गल्ने, गन्हाउने हुंँदैन, रिमालले भने, शव जस्ताको तस्तै रहन्छ ।’
    अस्पतालबाट घर फर्काइएका वा घरमै आकस्मिक मृत्यु भएका व्यक्तिको शवको सुरक्षा होस भन्ने हेतुले नीजि क्षेत्रबाट चितवनमै पहिलोपटक यो सेवा दिईएको उनले बताए । फ्रिजरको माथी पट्टी कांँचको सिसा भएको शबलाई सजिलै देखिन सकिने र गुडाउन समेत मिल्ने भएकाले यताउता लैजान सजिलो पनि छ । घरमै सेवा दिए पश्चात पुनः फ्रिजरको निर्मलीकरण गरिने र अन्य व्यक्तिलाई सेवा दिन सकिने रिमालले बताए । सेवाग्राहीलाई प्रतिदिन न्यूनतम शुल्क र विपन्न परिवारको लागि बिशेष छुट सहित सेवा दिइने रिमालको भनाई छ ।
    हाल भारतबाट तीनवटा फ्रिजर ल्याईएको र आगामी दिनमा आवश्यक परे थप्दै लैजाने उनको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑