
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित अम्बर एभरेष्ट इङलिस स्कुलले आफ्नो ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा स्कूलका पूर्व विद्यार्थी तथा शिशु फर्टिलिटी क्लिनिककी आईभीएफ स्पेशलिष्ट, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. शुभ श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. श्रेष्ठले बालबालिकाको पहिलो प्रेरणा गुरुहरु नै भएकाले सिकाइएको शिक्षालाई शतप्रतिशत आत्मसात् गर्नुपर्ने बताउनु भयो । साथै, विद्यालयको वार्षिकोत्सवमा सहभागिता जनाउन पाउँदा आफूलाई विद्यार्थी भएको अनुभूति भएको उहाँको पिज्ञासा रहेको थियो ।

विद्यालयका प्राचार्य भविन्द्र कन्दङ्वाले विद्यालयको शैक्षिक गतिविधि, भावी रणनीति तथा अभिभावकको भूमिकाका विषयमा प्रकाश पार्नुहुँदै बालबालिकाको पहिलो पाठशाला घर नै भएकाले अभिभावकलाई पनि शिक्षा र संस्कारमा उत्तिकै जिम्मेवार हुन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा कक्षा ९ मा अध्ययनरत कृति पन्थीलाई उत्कृष्ट विद्यार्थीका रूपमा प्रमाणपत्र तथा रु ५ हजार ५ सय ५५ नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुको आवास व्यवस्थापनका लागि सहयोग गरिएको तथा लामो समयदेखि अध्यापनरत शिक्षकहरुलाई सम्मानित गरिएको थियो।

विद्यालयका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर माध्यमिक विद्यालयका प्राचार्य खेमनारायण पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष भगवती पौडेल, स्याउलीबजार टोल सुधार समितिका अध्यक्ष रामबाबु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै विद्यालयका सहप्राचार्य मधुसूदन पौडेलले कार्यक्रम संचालन गर्न। भएको थियो ।

वि.सं. २०३८ सालमा स्थापना भएको अम्बर एभरेष्ट इङलिस स्कुलले चार दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस