आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्रबाट दिनेश कार्कीकाे उम्मेदवारी घोषणा


  • आक्रमण न्युज
  • २०८१ फागुन २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४८३ पाठक संख्या
  •  

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको वृद्धि विकास र हकहितको लागि लड्ने वर्तमान स्ववियु सह–सचिव दिनेश कार्कीले स्वतन्त्रबाट स्ववियु सभापतिको उम्मेदवार घोषणा गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकाय र इतिहास विषयमा डबल डिग्री गर्दै आइरहेका दिनेश कार्की विगत १० वर्षदेखि दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, व्यक्तित्ब विकास, शैक्षिक सुधार, क्याम्पस विश्वविद्यालय दलीय भागबन्डाको अन्त्य, समयमा प्रवेश परीक्षा पात्रो र परिणामका लागि संर्घष गर्दै आइरहनु भएको छ ।

    कार्की विगतको स्ववियू निर्वाचनमा स्वतन्त्रबाट स्ववियु सह–सचिवमा निर्वाचित भएका थिए । साथै कार्कीले नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको राष्ट्रिय सचिवसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् ।
    कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने उनी आफ्नो पूर्ण समय विद्यार्थीहरूको हक हितका लागि, व्यक्तित्व विकास, नेतृत्व विकास, विभिन्न किसिमका शैक्षिक सुधार अभियानमा, क्याम्पस विश्वविद्यालयको विकृति विसंगतिको विरूद्दमा लड्दै आइरहनु भएको छ । उहाँ केन्द्रीय क्याम्पसमा मात्र नभएर देशका अन्य क्याम्पस विश्वविद्यालयहरूमा विद्यार्थीहरूको विकासका लागि पनि उतिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%७%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट