Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

राजनीति सँगै सामाजिक काममा जुट्दै प्रमिश राई


  • आक्रमण न्युज
  • २०८१ फागुन २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ९६७ पाठक संख्या
  • चितवन। चितवनका युवा नेता प्रमिश राई राजनीति सँगै समाज काममा समेत सक्रिय छन् । तरुण दल चितवनका उपाध्यक्ष समेत रहेका राई सामाजिक संघ/संस्थामा सक्रिय हुँदै राजनीतिक यात्रामा अघि बढेका छन् ।

    विसं २०४० भदौ २९ गते जन्मिएका राईले आई ए सम्मको अध्ययन गरेका छन् । विसं २०५४ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर विद्यार्थी राजनीति सुरु गरेका राई विसं २०५८ नेपाल तरुण दल चितवनको सदस्य भए । हाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि समेत राई नेपाल तरुण दल भरतपुर नगर कमिटीको पूर्व उपाध्यक्ष समेत हुन् ।

    राईको राजनीतिक यात्राबारे चितवन मात्र नभई देशभर चर्चा समेत हुने गरेको छ । राईलाई राजनीतिक इमानदारिता भएका, आत्मविश्वासी तथा वैचारिक भावले प्रेरित नेताको रुपमा समेत हेर्ने गरिएको छ । खरो स्वभावको व्यक्तित्व हुनु भएका राई कार्यकर्ताहरु बीच लोकप्रिय नेताको रुपमा समेत चिनिनु हुन्छ । नेपाल तरुण दलको महाधिवेशन प्रतिनिधिसमेत रहेका राई नेपाल तरुण दल चितवनको अध्यक्षको बलियो दाबेदारका रुपमा रहेका छन् । तरुण दल चितवनको आगामी जिल्ला अधिवेशनबाट उनी जिल्ला अध्यक्ष हुने तयारीमा जुटेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑