आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

ग्रेटर नेपाल पत्रिकाको १२ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ चैत्र २, शनिबार मा प्रकाशित १ साल अघि
  • ५६४ पाठक संख्या
  • टिकादत्त तिमिल्सिना

    चितवन । सुरेन्द्र ढकाल प्रतिष्ठानको सहयोगमा प्रकाशन हुँदै आएको ग्रेटर नेपाल पत्रिका को १२ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम आज चैत्र २ गते बानेश्वरस्थित आनन्दभूमि ब्याङ्केटमा भव्य रूपमा सम्पन्न भएको छ ।

    कार्यक्रमको सभापतित्व सुरेन्द्र ढकाल प्रतिष्ठानका चेयरम्यान सुरेन्द्र ढकाल ले गर्नु भएको थियो भने समापन ग्रेटर नेपाल पब्लिकेशन्स प्रालि का चेयरम्यान रामशरण पाण्डेले गर्नुभएको थियो ।

    सो कार्यक्रममा प्रतिष्ठानसँग आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विशाल नेपाल अभियानमा संलग्न संस्था तथा अभियन्ताहरू, पत्रिकाका आजीवन सल्लाहकार, झोलमल उत्पादन तालिमका प्रशिक्षक तथा मिडिया प्रतिनिधि को उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा ग्रेटर नेपाल पत्रिका प्रकाशनमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै, पत्रिकाको निरन्तरता, पत्रकारिताको भूमिकासम्बन्धी छलफल तथा भविष्यका योजनाहरूबारे समेत विचारविमर्श भएको थियो।

    कार्यक्रममा उपस्थित महानुभावहरूले पत्रिकाले राष्ट्रवादी पत्रकारितामा पुर्याएको योगदानको प्रशंसा गर्दै अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑