Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

पत्रकारमाथि आक्रमणको विरोधमा चितवनमा प्रदर्शन, दोषीलाई कारबाहीको माग


  • आक्रमण न्युज
  • २०८१ चैत्र १६, शनिबार मा प्रकाशित १ साल अघि
  • ४६३ पाठक संख्या
  • चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यममाथिको आक्रमणको विरोधमा शुक्रबार प्रदर्शन गरेको छ।

    शुक्रबार बिहान महासङ्घले कार्यालयदेखि चौबीसकोठीसम्म विरोध जुलुस निकालेको थियो। प्रदर्शनपछि आयोजित सभामा महासङ्घका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरे।

    नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकारमाथिको आक्रमण अक्षम्य अपराध भएको बताए। चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष टिकादत्त तिमिल्सिनालगायतले घटनाको निन्दा गर्दै अराजक तत्वलाई कारबाहीको माग गरे।

    विरोध प्रदर्शनमा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

    यसैबीच, नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले पनि घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। महासङ्घले जारी गरेको विज्ञप्तिमा सञ्चारकर्मीको ज्यानै जाने गरी गरिएको आक्रमणलाई गम्भीर आपत्तिजनक र निन्दनीय बताइएको छ। महासङ्घले शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई सम्मान गर्ने तर प्रेसमाथिको आतंक स्वीकार्य नहुने स्पष्ट पारेको छ।

    पत्रकार महासङ्घले सरकारलाई दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑