आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

ओहोदाको प्रमाणपत्र प्रस्तुत


  • आक्रमण न्युज
  • २०८१ चैत्र २७, बुधबार मा प्रकाशित १ साल अघि
  • ३९० पाठक संख्या
  • काठमाडौँ । डेनमार्क अधिराज्यका लागि नेपालकी राजदूत सुम्निमा तुलाधरले त्यहाँका नरेश फ्रेडरिक आन्द्रे हेनरिक क्रिश्चियनसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

    कोपनहेगनस्थित क्रिश्चियनबोर्ग दरबारमा आयोजित विशेष समारोहमा उहाँले मङ्लबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । प्रमाणपत्र पेस गरेपछि डेनिस नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै डेनमार्कका जनताको दिगो समृद्धिको कामना गर्नुभएको कोपनहेगनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

    त्यस अवसरमा नेपाल–डेनमार्क सम्बन्धका विविध पक्षबारे छलफल हुनाका साथै नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको सगरमाथा संवादबारे जानकारी दिनुभएको थियो ।

    मौसूफले २०७२ सालको भूकम्पछि पश्चिम नेपालमा भएको मानवीय सहायता परिचालनको अवलोकन गरेको स्मरण गर्दै जलवायु परिवर्तन र हिमालय क्षेत्रमा त्यसको हानिकारक प्रभावबारे चिन्ता व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट