आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

पत्रकार महासंघ चितवन द्वारा दिप प्रज्वलन


  • आक्रमण न्युज
  • २०८१ चैत्र २७, बुधबार मा प्रकाशित १ साल अघि
  • ४३९ पाठक संख्या
  • चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज साँझ विरोध स्वरूप दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

    राजावादी आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा पत्रकार सुरेश रजकलाई घरभित्रै जलाएर मारिएको घटनाको विरोधमा महासंघले कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, केन्द्रीय सदस्य नारायण अधिकारी, संगठनका प्रमुखहरू तथा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो।उनीहरूले यस प्रकारको हिंसात्मक घटनाको कडा निन्दा गर्दै दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन माग गरेका छन्। कार्यक्रममा सरकारलाई स्पष्ट रूपमा चेतावनी दिँदै पत्रकारहरूमाथिको हिंसा कुनै हालतमा स्वीकार्य नहुने बताएका थिए।

    कार्यक्रममार्फत सरकारलाई प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाप्रति गम्भीर बन्न आह्वान गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट