आज: २०८२ जेष्ठ १०, शनिबार | Sat, 24, May, 2025

सुरेन्द्र ढकाल प्रतिष्ठानको तेश्रो त्रैमासिक प्रगति समिक्षा बैठक सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ बैशाख ६, शनिबार मा प्रकाशित १ महिना अघि
  • २७२ पाठक संख्या
  • काठमाडौं । सुरेन्द्र ढकाल प्रतिष्ठानको तेश्रो त्रैमासिक प्रगति समिक्षा बैठक आज सम्पन्न भएको छ। यस अवसरमा, प्रतिष्ठानका विभिन्न सदस्यहरू र सहयोगी संस्थाहरूको उपस्थितिमा प्रतिष्ठानको हालसम्मको प्रगति र आगामी योजनाहरूको समीक्षा गरिएको जानकारी प्राप्त भएको हो ।

    बैठकमा प्रतिष्ठानका प्रमुख सदस्यहरूले त्रैमासिक अवधिमा भएका मुख्य उपलब्धिहरूको विस्तृत प्रस्तुति गर्नु भएको थियो । यसले संस्था आफ्नो निर्धारित लक्ष्यहरूमा कति प्रगति गर्दैछ भन्ने कुरालाई स्पष्ट पारेको छ। सदस्यहरूले विभिन्न सामाजिक, शैक्षिक, र सांस्कृतिक योजनाहरूको सफल कार्यान्वयनलाई केन्द्रीत गर्दै आगामी कार्ययोजना तय भएका छन् ।

    समारोहको अन्त्यमा, सुरेन्द्र ढकाल प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले सबै सदस्यहरूको समर्पण र प्रयासको कदर गर्दै प्रतिष्ठानको भविष्यका लागि योजनाबद्ध कार्यहरूको प्राथमिकतामा जोड दिनु भएको थियो । उहाँले यस प्रकारका बैठकहरूले संस्थाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा मानार्थ सदस्य प्रभातराज पाण्डेले छोटो मन्तव्य व्यक्त गर्दै प्रायोजित स्वरूप रु १६०००/ सोह हजार रुपैयाको चेक सुरेन्द्र ढकाल प्रतिष्ठानलाइ हस्तातरण गरिएको बताउनु भयो  !

    साथै, यो बैठकले प्रतिष्ठानको भविष्यमा अझ सशक्त र प्रभावकारी सामाजिक कार्यका लागि नयाँ दिशा र प्रेरणा प्रदान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट