आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

देखावटीमा रमाउदै ‘प्रचण्ड’


  • आक्रमण न्युज
  • २०८२ बैशाख १४, आईतबार मा प्रकाशित १ साल अघि
  • ४१८ पाठक संख्या
  • झैँ पछिल्लो समय त प्रचण्डलाई साथ दिन माओवादीको पूर्वजनमुक्ति सेनाका कमान्डर समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि अभियानमा सामेल भएका छन् । उनले झनै फौजी शैलीमा राता कपडा लगाएर पूर्व लडाकुहरू प्रचण्डको अघिपछि दौडाए छन् । सरकारबाट बाहिरिए पछि मात्रै पार्टी निर्माणको विषयमा चिन्तित हुने माओवादी नेतृत्व सरकारमा रहँदा भने कुर्सी टिकाउने ध्याउन्नमै रहन्छ । अहिले दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मात्रै फुर्सदिलो बनेका प्रचण्डले पार्टी निर्माणमा ध्यान केन्द्रित गरेका हुन् । माओवादी पार्टी अहिले पनि युद्धकालीन संरचनामा आधारित छ । विगतको नेतृत्वमाथिको केन्द्रीकरण आजपर्यन्त जारी छ । पार्टीको सम्पूर्ण अधिकार प्रचण्डले आफैँमा निहित गरेका छन् ।त्यसकै उपज प्रचण्डले दुई कार्यकाल उपराष्ट्रपति भएका पासाङलाई चौतर्फी विरोधका बाबजुद पनि आफ्नै एकल निर्णयले पार्टी उपाध्यक्षको जिम्मेवारी दिएका हुन् । माओवादी आन्दोलनका क्रममा सैन्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी युद्धकलाका एक सशक्त सैन्य कमान्डर हुन् । तर, मुलुककै अभिभावकीय भूमिकामा रहिसकेका उनलाई पार्टीको सक्रिय राजनीतिमा भित्र्याउँदा गणतान्त्रिक व्यवस्थाकै अभिभावकीय संस्थाको गरिमामा आँच पुर्याएको छ l गणतान्त्रिक व्यवस्थामाथि दल र नेतातन्त्रको आक्षेप लागिरहेकै बेला घोषित रुपमै पासाङको सक्रिय राजनीतिमा पुनरागमनले थप असन्तुष्टि बढाउने निश्चित छ । यसले राज्यको अभिभावकीय भूमिकामा रहेकाहरू दलगत मानसिकताबाट मुक्त हुन नसकको देखाउँछ । तथापि, प्रचण्ड भने यी यावत विषयको कुनै परवाह नगरी पार्टीको आन्तरिक शक्ति सन्तुलन अनुकुल बनाएर आफ्नो नेतृत्वमाथिको सम्भावित संकट टार्न पासाङ बोकेर हिँडेका छन् । माओवादीको जागरण अभियानलाई यसले सांगठनिक पुनर्निर्माण भन्दा पनि मर्निङवाकमा सीमित गर्दै जनतामा बढेको व्यवस्था विरोधी वितृष्णालाई थप प्रश्रय दिएको देखिन्छ । यद्यपि, प्रचण्ड भने यसबारेमा प्रष्टीकरण दिँदै राष्ट्रपति र उपराष्ट्रपतिले जोगाएर मात्रै गणतन्त्र नजोगिने बताइसकेका छन् । आइतबार विराटनगर पुगेका प्रचण्डलाई सञ्चारकर्मीले पासाङको सक्रिय राजनीतिमा पुनरागमनले गणतन्त्रप्रति थप वितृष्णा बढाउने विषयमा प्रश्न गरेका थिए । त्यस क्रममा प्रचण्डले गणतन्त्र नामले नभइ कामले बच्ने बताउँदै राष्ट्रपति र उपराष्ट्रपतिको मात्रै भूमिका नहुने बताएका थिए । कमजोर बनेको पार्टीका आन्तरिक समस्या समाधान गरेर संगठन चलायमान बनाउने भन्दा पनि जस्तोसुकै अवस्थामा पनि आफू नेतृत्वमा टिक्नु नै प्रचण्डको उद्देश्य देखिन्छ । त्यसकै लागि जागरण अभियानको नाममा मर्निङ वाक र पार्टीमा आफ्नो स्थान थप सुरक्षित गर्न पासाङ भित्र्याएका हुन् । उनले यस अभियानमा आफ्ना विश्वास पात्रलाई मात्रै हिँडाएका छन् । पासाङसहित पार्टी उपाध्यक्ष अग्नि सापकोटा र शक्ति बस्नेत प्रचण्डसँग कहिल्यै नछुट्ने पात्र हुन् । आफ्ना एसम्यानहरू अघिपछि लगाएर प्रचण्डले जागरण अभियानका क्रममा गरेको मर्निङ वाकले उनको आफ्नो शारीरिक स्वास्थ्य लागि लाभदायक भए पनि पार्टी निर्माणको मेरुदण्डको रूपमा रहेको संगठन स्वस्थकर बनाउन कुनै भूमिका खेल्ने छैन । यसले प्रचण्ड संगठन निर्माण भन्दा पनि आफ्नो स्तुतीबाहकलाई मर्निङवाकको रूपमा अघिपछि लगाएर पार्टीमा अझै आफू बलशाली रहेको आत्मरति लिन उद्यत रहेको प्रस्ट हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट