
नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) बाँकेको आठौँ जिल्ला अधिवेशनले दीपक जिएमको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ। बाँकेका आठै पालिकाबाट चयन भएका ३७८ प्रतिनिधिहरूको सर्वसम्मत निर्णयले नयाँ नेतृत्व चयन गरिएको हो।
निर्वाचित कमिटीमा अध्यक्ष दीपक जिएमका साथै उपाध्यक्षद्वय शिव डाँगी र करिश्मा योगी, सचिव तेजप्रसाद अधिकारी, सहसचिव टेकेन्द्र मल्ल, प्रेमिका शाही र मकुबुल खान लगायत ५३ जना सदस्य समावेश छन्।
नेपालगन्जमा सम्पन्न अधिवेशनलाई पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसाल, उपमहासचिव मेटमणि चौधरी, केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, पोलिटब्युरो सदस्य तथा बाँके इन्चार्ज अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्यहरू नारायणी वली, कृष्ण बिसी, अनारकली मियाँलगायत नेताहरूले सम्बोधन गरेका थिए।
नव-निर्वाचित कमिटीलाई महासचिव घनश्याम भुसाल र निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। सो जानकारी निर्वाचन मण्डलका सदस्य अम्मरराज खत्रीले दिएका हुन्।

प्रतिक्रिया दिनुहोस