
चितवन । भरतपु महानगरपालिका–२३ अन्तर्गत जगतपुरमा वडा स्तरीय बजेटबाट कृषकहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण कार्यक्रमको सुरुवात गरिएको छ।
उक्त कार्यक्रमको समुद्घाटन वडा अध्यक्ष श्री दिपकराज दवाडीले किसानलाई बीउ हस्तान्तरण गर्दै गर्नुभएको हो। उनले कार्यक्रमका क्रममा सम्पूर्ण कृषकवर्गलाई वडा कार्यालयमा सम्पर्क गरी यो सुविधाबाट लाभ उठाउन हार्दिक अनुरोध समेत गर्नुभएको थियो।
कार्यक्रममा वडाका प्रबुद्ध व्यक्तित्वहरू, सञ्चारकर्मी तथा स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता पनि वडा अध्यक्ष दवाडीले नै गर्नुभएको थियो।
यस कार्यक्रमले वडाका कृषकहरूलाई आधुनिक कृषि प्रणाली अपनाउन प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस