आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भोलिदेखि चितवनमा ‘घर बनाउने मेला , मन्त्री सिलवालले उद्दघाटन गर्ने


  • आक्रमण न्युज
  • २०८२ बैशाख २४, बुधबार मा प्रकाशित १ साल अघि
  • ५१३ पाठक संख्या
  • चितवन । चितवनमा घरजग्गा समय र खर्च मितव्ययी बनाउने उद्धेय सहित भोलिदेखि घर बनाउने मेला शुरु हुने भएको छ । घरजग्गा तथा घर निर्माण सम्बन्धि जानकारी दिने उद्धेश्यसहित मेला शुरु गर्न लागिएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था एसवन होम्स र भी–ग्रुपले आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
    भी–ग्रुपका अध्यक्ष तथा मेलाका संयोजक विपिन कंडेलले चितवनमा घरजग्गा कारोबार तथा घर निर्माणको कार्य तीब्र गतिमा हुंँदै गईरहेको र यसलाई व्यवस्थित र यसबारे जानकारी दिने उद्धेश्यले पहिलोपटक आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ‘चितवन देशकै केन्द्रबिन्दु र बसाईसराईको केन्द्र बिन्दु हो, कंडेलले भन्नुभयो, घर निर्माण तथा जग्गा कारोबार सम्बन्धी सही जानकारी दिन पनि मेलाको आयोजना गरेका हौं । ’मेलामा चितवनका सातै पालिका, सरकारी निकाय तथा व्यवसायीहरुका छाता संगठनबीच समन्वय गरी मेलाको आयोजना गर्न लागिएको कंडेलले बताउनु भयो ।
    उद्योग वाणिज्य संघ चितवनको परिषरमा वैशाख २५ गतेदेखि २७ गतेसम्म हुने मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी ३० वटा स्टल रहेका छन् । एसवान होम्सका अध्यक्ष सुरज न्यौपानेले मानिसको जीवनमा घरजग्गा पहिलो प्राथमिकतामा रहेकोले सरकारी निकाय संग नीजि क्षेत्रले समन्वय गरी पहिलोपटक मेला आयोजना गर्न लागिएको बताउनु भयो । ‘घर मानिसको सपना हो, आवश्यकता हो, अध्यक्ष न्यौपानेले भन्नुभयो, घर बनाउंँदा लागत र समयको बचत कसरी गर्न सकिन्छ भन्ने पनि मेलाको उद्धेश्य हो ।
    घरनिर्माण गर्ने निर्माण कम्पनी, हार्डवेयर बिक्रेता तथा सेवाग्राही बीच प्रत्यक्ष भेट हुने भएकोले मेला उपलब्धीमुलक हुने न्यौपानेको भनाई छ । मेलामा बिदेश रहेर स्वदेशमै घर बनाउने योजनामा रहेका सेवाग्राही, घरजग्गा कारोबार गर्ने व्यवसायी तथा सेवाग्राहीलाई फाईदा पुग्ने आयोजकको अपेक्षा छ ।


    तीन दिनसम्म चल्ने मेलामा १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
    सरकारी निकाय, व्यवसायी, विज्ञ र उपभोक्ताबीच परामर्श, अभिमुखिकरण, विद्यार्थी अन्तरक्रिया गरिनेछ ।
    घर तथा भवन निर्माणमा प्रयोग गरिने प्रविधि, सामाग्री तथा खर्च मितव्ययीताको बारेमा पनि मेलामा सेवाग्राहीलाई जानकारी दिइने उहांँले बताउनु भयो । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । त्यस्तै, मेलामा ८२ जना श्रमिकलाई सम्मान पनि गरिने आयोजकले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट