आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

चितवनमा ‘मानवअधिकारको अवस्था, जनभावना र हाम्रो दायित्व’ विषयक राउण्ड टेबल टक सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ बैशाख २७, शनिबार मा प्रकाशित १ साल अघि
  • ४४५ पाठक संख्या
  • हरि अधिकारी

    चितवन । नेपाल मानवअधिकार संगठन चितवनको आयोजनामा ‘ .दायित्व’ विषयमा राउण्ड टेबल टक कार्यक्रम आज चितवनमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मानवअधिकार संगठन चितवनका सभापति हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि संगठनका केन्द्रीय सभापति तथा वरिष्ठ अधिवक्ता ईन्द्र प्रसाद अर्याल रहनुभएको थियो।

    कार्यक्रममा नेपाल मानवअधिकार संगठन चितवनका उपसभापति तथा मानवअधिकार सञ्जालका संयोजक दीपक लामिछानेले सहभागीहरूप्रति स्वागत व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव दीपक बाबु श्रेष्ठले गर्नुभएको थियो। सभापति हरि अधिकारीले कार्यक्रमको आधारपत्र प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा वरिष्ठ अधिवक्तासमेत रहनुभएका प्रमुख अतिथि अर्यालले नेपालको वर्तमान मानवअधिकार अवस्था, जनभावना, चुनौती र सम्भावनाबारे समेट्दै मन्तव्य दिनुभयो। उहाँले विगतको तुलनामा केही सुधार देखिए तापनि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. भीमराज अधिकारी, पूर्व राजदूत प्रा. डा. रविमोहन सापकोटा, वरिष्ठ मानवअधिकारकर्मी वालकृष्ण पौडेल, शिक्षाविद् रमाकान्त सापकोटा, मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, काहुराष्ट्र नेपालका उपाध्यक्ष विनोदखण्ड तिमिल्सेना, नेपाल वार एशोसिएसन चितवनकी अध्यक्ष फुलमाया रानाभाट, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजाल, प्राध्यापक मधुसूदन दवाडी, जनक वानियाँलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो।

    चितवन उद्योग संघको हलमा सम्पन्न कार्यक्रममा मानवअधिकारको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विविध आयामबारे सशक्त बहस भएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑