
चितवन । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन, भरतपुर अस्पताल प्रतिष्ठान कमिटीको आयोजनामा एक महत्वपूर्ण अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। भरतपुर अस्पतालको ओपिडी कक्षमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष रुकुम बहादुर श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथिका रूपमा वाग्मती प्रदेश इन्चार्ज गोविन्द अर्याल, विशिष्ट अतिथि महासंघ अध्यक्ष उदयचन्द्र अर्याल तथा अतिथि केन्द्रिय सदस्य सूर्य गिरी तथा अस्पतलमा कार्यरत उल्लेख्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सामाजिक सुरक्षा कोषमा करीव ५–६ महिनादेखिको रकम हालसम्म खातामा नरहेको, २०७७ सालदेखि नै आलटाल गर्दै आएको गुनासो गरिएको छ। साथै, २०७९ सालदेखि कार्यरत श्रमिकहरूलाई सेवा सुविधा उपलब्ध नगरिएको र अहिलेसम्म नियुक्तिपत्रसमेत नदिएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।
खुकुरी नेपाल सेक्यूरिटी प्रा.लि. मार्फत कार्यरत श्रमिकहरूलाई यस्तो व्यवहार गरिएको भन्दै, यस्ता समस्याहरू तत्काल समाधान नभए कानूनी प्रक्रियामा जाने चेतावनीसमेत कार्यक्रमका सहभागीहरूले दिएका छन्।
उक्त कार्यक्रमले भरतपुर अस्पतालमा कार्यरत आउटसोर्स श्रमिकहरूको अधिकार संरक्षण र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस