नुवाकोटको लिखु गाँउपालिका–१ स्थित ढिकुरेमा बिहीबारदेखि सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत साँस्कृतिक महोत्सव–२०८०’ मा सम्बोधन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महत । आयोजित महोत्सव आगामी पुस १० गतेसम्म चल्ने छ । तस्बिर ः रामहरि न्यौपाने / रासस
आक्रमण न्युज
२०८२ जेष्ठ ५, सोमबार मा प्रकाशित ११ महिना अघि
२७६ पाठक संख्या
कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उहाँले विसं २०४८ यता स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, पुल र विद्युत् जस्ता विकास निर्माणले तीव्रता पाए पनि त्यस्ता कार्यको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताउनुभएको हो । व्यक्तिगत गालीगलौज र प्रतिस्पर्धाभन्दा कांग्रेस सरकारमा हुँदा गरेका कामको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न सकेमा कांग्रेसलाई कसैले पराजय गर्न नसक्ने भनाइ उहाँको छ । सङ्गठन निर्माण र आफूले गरेका कामको बिक्री गर्न नसक्दा काँग्रेसको प्रगति जुन रुपमा हुनुपर्ने थियो, त्यसरी हुन नसकेको निष्कर्ष उहाँको छ । “कांग्रेसको नीति र विचार ठीक भएकै कारण अन्य पार्टीहरु पनि लोकतान्त्रिक बाटोमा आएका छन्,” उहाँले भन्नुभयो, “बिपीको नीतिलाई आत्मसात गर्दै देश र जनताप्रति प्रतिबद्ध भएर कांग्रेसका नेता तथा कार्यकर्ता अगाडि बढ्नुपर्छ ।” सत्तामा रहँदा मात्र जनताका काम गर्न सकिने भएकाले कांग्रेस गठबन्धनको सरकारमा संलग्न भएको उहाँले बताउनुभयो । मिश्रित निर्वाचन प्रणाली भएसम्म कुनै पार्टीको बहुमत आउन नसक्ने धारणा उहाँको छ । राष्ट्र बैंकको गर्भनरमा सक्षम व्यक्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली जनताका चाहना पूरा गर्न कांग्रेस सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ आउने पार्टीले नेपाली जनतालाई सेवा गर्न नसक्ने बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।पाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले नेपाली जनताका चाहना पूरा गर्न कांग्रेस सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ आउने पार्टीले नेपाली जनतालाई सेवा गर्न नसक्ने बताउनुभयो । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस