जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको शैक्षिक अवस्था कमजोर एवं खस्किँदै गएकाले तीनै तहको सरकारको सहयोग र समन्वयबाट यस क्षेत्रको गुणस्तर सुधार्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सहकुलपति समेत रहनुभएका मुख्यमन्त्री सिंहले विभिन्न तथ्याङ्कले मधेसको शैक्षिकस्तर कमजोर देखिएकाले सङ्घ, प्रदेश तथा स्थानीयतह गरी मधेस प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयमा विश्वविद्यालय आयोगले अन्य विश्वविद्यालयजस्तै आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । सो विश्वविद्यालयको आज जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा उहाँले दिक्षित विद्यार्थीहरूलाई आगामी दिनको शुभकामना समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस