आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नेकपा (एस) भरतपुर महानगरको नयाँ नेतृत्वमा सोगराज रिजाल, ८३ सदस्यीय कमिटी चयन


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ ३१, शनिबार मा प्रकाशित १ साल अघि
  • ३१७ पाठक संख्या
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भरतपुर महानगर कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले सोगराज रिजालको अध्यक्षतामा ८३ सदस्यीय कमिटी गठन गरेको हो।

    नवगठित कमिटीमा बसन्ती श्रेष्ठ उपाध्यक्ष, कोपिला उपरकोटी सचिव तथा शोभाकान्त पोखरेल र शिवबहादुर रानाभाट उपसचिवमा चयन भएका छन्।

    कमिटीका सदस्यहरू भरतपुर महानगरका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै चयन गरिएका छन्। भरतपुर–१० बाट भविलाल सापकोटा, लक्ष्मी लामिछाने, रोशन पौडेल, संजिता थापामगर, भरतपुर–५ बाट गीता रेग्मी, बालकुमारी खड्का, सुमित्रा लामिछाने, ईश्वरी पंगेनी, भरतपुर–२६ बाट भीमकला चौधरी, उर्मिला महतो, सिखराम महतो, भरतपुर–१२ बाट इन्द्रराम अधिकारी, जगत पौडेल, निर्मला तिवारी, धनमाया कानुचा, सरोज परिवार रहेका छन्।

    त्यस्तै, भरतपुर–७ बाट सुशीला आचार्य, सरस्वती रानाभाट, हेमलाल रेग्मी, भरतपुर–२७ बाट आशाराम महतो, हेमकुमारी महतो, वडा नं. ८ बाट झुमादेवी सुवेदी, भरतपुर–२१ बाट ज्ञानबहादुर तामाङ, हरि चन्द, जीवनकुमार खड्का, मंगल तामाङ, सृजना सुनार, भरतपुर–२३ बाट रामनाथ भण्डारी, विनोद विक, भरतपुर–९ बाट हरिप्रसाद लोहनी, राकेश भण्डारी, मोतिलाल गैरे, भरतपुर–१९ बाट राजु लम्साल, भरतपुर–२० बाट गणेश तामाङ, विनोद महतो र कमला परियार सदस्यमा चयन भएका छन्।

    कमिटीको बाँकी सदस्यहरू पहिलो बैठकमार्फत थपिने

    अध्यक्ष रिजालले कमिटीमा बाँकी रहेका वडाबाट प्रतिनिधित्व सुनिश्चित गर्नका लागि आगामी बैठकमार्फत थप सदस्य चयन गरिने जानकारी दिए। उनले पार्टीलाई अझ सुदृढ बनाउँदै संगठनात्मक आधार बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट