Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

अबको राजनीति राष्ट्र निर्माणका लागि होस्’ – नेकपा (एस) चितवन अध्यक्ष कन्दङ्वा


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ ३१, शनिबार मा प्रकाशित १ साल अघि
  • ४१० पाठक संख्या
  • चितवन | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनका अध्यक्ष नरेन्द्र कन्दङ्वाले अबको राजनीति राष्ट्र निर्माणको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्। शनिबार सम्पन्न पार्टीको दोस्रो महानगर अधिवेशनमा बोल्दै उनले राष्ट्रप्रेमसहितको शिक्षा, संस्कारको संरक्षण र जनमुखी शासन प्रणालीको आवश्यकता औँल्याएका हुन्।

    उनले युवायुवतीको तीव्र विदेश पलायनले नेपाली समाजमा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै आफ्नै देशभित्र शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने धारणा राखे। “अब सोच्ने समय आएको छ, आफ्नै देशमा पढाउने र विकासको अभियान थाल्नुपर्ने बेला हो,” अध्यक्ष कन्दङ्वाले भने।

    वरिष्ठ र विशिष्ट व्यक्तिहरूलाई दिइने बढ्दो राज्य सुविधा जनताको पीडासँग मेल नखाने बताउँदै उनले अब “बोल्ने र लड्ने” समय आएको बताए। “पद र प्रतिष्ठा मात्रै होइन, जनताको पक्षमा आवाज उठाउने साहस पनि हुनुपर्छ,” उनले जोड दिए।

    कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै अध्यक्ष कन्दङ्वाले पदीय जिम्मेवारीलाई जनतामुखी बनाउनेतर्फ सचेत रहन आह्वान गरे। उनले समाजवादको आधारमा तयार गरिएको पार्टीको आर्थिक दस्तावेजलाई राज्यले बेवास्ता गरेको गुनासो पनि गरे।

    भरतपुरको नेतृत्वमा सोगराज रिजाल

    सोही अधिवेशनले भरतपुर महानगर कमिटीको नेतृत्व सोगराज रिजाललाई सुम्पिएको छ। रिजालको नेतृत्वमा ८३ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

    नयाँ समितिमा उपाध्यक्षमा बसन्ती श्रेष्ठ, सचिवमा कोपिला उपरकोटी, उपसचिवद्वयमा शोभाकान्त पोखरेल र शिवबहादुर रानाभाट चयन भएका छन्।

    यस्तै, वडा प्रतिनिधित्वमा भविलाल सापकोटा, लक्ष्मी लामिछाने, रोशन पौडेल, संजिता थापा मगर, गीता रेग्मी, बालकुमारी खड्का, सुमित्रा लामिछाने, ईश्वरी पंगेनी, भीमकला चौधरी, उर्मिला महतो, सिखराम महतो, इन्द्रराम अधिकारी, जगत पौडेल, निर्मला तिवारी, धनमाया कानुचा, सरोज परिवार, सुशीला आचार्य, सरस्वती रानाभाट, हेमलाल रेग्मी, आशाराम महतो, हेमकुमारी महतो, झुमादेवी सुवेदी, ज्ञानबहादुर तामाङ, हरि चन्द, जीवनकुमार खड्का, मंगल तामाङ, सृजना सुनार, रामनाथ भण्डारी, विनोद विक, हरिप्रसाद लोहनी, राकेश भण्डारी, मोतिलाल गैरे, राजु लम्साल, गणेश तामाङ, विनोद महतो र कमला परियार छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑